काठमाडौंको न्यूरोडबाट १७ लाखभन्दा धेरै रकमसहित एक युवक पक्राउ

काठमाडौं, पुस ७ । काठमाडौंको न्यूरोडबाट १७ लाखभन्दा धेरै रकमसहित एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२२ न्यूरोडबाट स्रोत नखुलेको १३ लाख ५ हजार रुपैयाँ सहित ती युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–३ बस्ने २५ वर्षीय बिर्ज तामाङ रहेका छन्। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले बिर्जलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्