काठमाडौंको चुच्चेपाटीमा पाँच तलाबाट खसेर एक महिलाको मृत्यु

काठमाडौं , पुस ६ । काठमाडौंको चुच्चेपाटीमा पाँच तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर ती महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५ वर्षीया निरुता तामाङ रहेको प्रहरीले जनाएको छ । निर्माणाधीन भवनको बाहिरी भागमा प्लास्टर गर्ने क्रममा आफूले टेकेको रड खुस्किएर भुइँमा पछारिएपछि चाबहिलस्थित मेडिकियर अस्पतालमा लगिएको थियो ।

तर त्यहाँ पुग्दासम्म अस्पतालले उनलाई मृत घोषणा गरिसकेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । मृतकका आफन्तको पहिचान गरी सम्पर्क गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्