कपडा पसलमा प्रहरीको छापा, हजारौँ मूल्यका कपडा बरामद

काठमाडौं, मंसिर २५ । मोरङको विराटनगरमा प्रहरीले कपडा पसलमा छापा मारेको छ ।

विराटनगर-९ मेनरोडस्थित जलजला चोकमा रहेको ह्वाइट हाउस कपडा पसलको गोदाममा छापा मारेको हो । छापा मार्दै गर्दा प्रहरीले बिलबिजक नभेटिएका हजारौँ मूल्य बराबरका कपडा कपडा बरामद गरेको छ ।

अवैध भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा भण्डारण गरेको करिब ३३ लाख रुपैयाँ बराबरको ३ हजार २ सय ८३ पीस सर्ट, २३ पीस जम्फर र ३५ पीस पाईन्ट बिराटनगर बरामद गरिएको हो

भारतबाट तस्करी गरि ल्याएको कपडा भण्डारण गरेको आशंकामा छापा मारेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्