सिरहामा निसासिएर १ जनाको मृत्यु, ३ जना बेहोस

काठमाडौं , मंसिर २४ । सिरहामा निसासिएर १ जनाको मृत्यु भएको छ भने ३ जना बेहोस भएका छन् । उनीहरु ट्वाइलेट सफा गर्ने क्रममा निसासिका हुन् ।

जिल्लाको बिष्णुपुर गाउँपालिका वडा न ४ थल्हाकटहामा ट्वाइलेट सफा गर्ने क्रममा निसासिएर कलियानपुर नगरपालिका १ निवासी ५० वर्षीय सुरज पासवानको मृत्यु भएको हो भने घटनामा अन्य ३ जना बेहोस भएका छन् ।

करिब २० दिनअघि बनाइएको टोइलेट्को हदको ढक्कन खोलेर सफाइ गर्न प्रवेश गरेपछि अक्सिजन अभावले बेहोश भई एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार घाइते हुनेहरुमा सिरहाको सुखिपुर नगरपालिका ५ निवासी १८ वर्षीय राम सिहहेश्वर सदा, कलियानपुर नगरपालिका १ निवासी ४७ वर्षीय देवनारायण पासवान र स्थनिय राम औतार पासवान रहेका छन् ।

मृतकलाई निकाल्न प्रवेश गरेका तीन मजदुर पनि बेहोस भएको स्थानीय हरिनारायन यादवले बताए । घइते तिनैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्