ट्याङकर त्रिशुलीमा खस्दा २ जनाको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत गाईघाटमा दुध वोक्ने ट्याङकर त्रिशलीमा खस्दा २ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ गाईघाटमा कन्टेनरसँग ठोक्किएर दुध बोक्ने ट्याङकर त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

नारायणगढबाट काठमाडौं तर्फ जाँदै गरेको बा ४ ख ६९५३ नम्बरको दुध बोक्ने ट्याङकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो । दुर्घटनामा परेको ट्याङकरका चालक र सहचालकको मृत्यु भएको तर सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

ट्याङकर सडकवाट नदीमा खसेको र पानीमा थोरै भाग मात्र देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठोकिएको ट्रक भने सडकको कुनातर्फको नालिमा खसेको छ ।शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्