सम्बन्ध विच्छेदका घटना बढ्दै, सानै उमेरमा विवाह र बैदेशिक रोजगार प्रमुख कारण
काठमाडौं । झापामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । सानै उमेरमा विवाह गर्ने र वैदेशिक रोजगारीम जाने गरेका कारण सम्बन्ध विच्छेदका घटना बढ्दै गएको बताइएको छ ।
गत आर्थिक वर्ष २०७३र७४ मा ६ सय ७१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा चालु आर्थिक वर्ष २०७४र७५ को हालसम्ममा ३ सय ३२ मुद्दा दर्ता भएको जिल्ला अदालत झापाले जनाएको छ ।
२०७४÷७५ को माघ २३ गते सम्ममानै ३ सय ३२ मुद्दा अदालतमा आउनु उच्च भएको जिल्ला अदालत झापाका शाखा अधिकृत इन्द्रबहादुर योङ्हाङले बताए ।
यही अनुपातमा मुद्धा दर्ता हुँदै गए गत वर्षको तुलनामा यस आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा उच्च हुने उनको भनाई छ ।
सम्बन्ध बिच्छेद गर्नेमा सबैभन्दा धेरै २० देखि ३५ वर्ष उमेर समूहका छन् ।
ग्रामीण क्षेत्रका परिवारमा कम चेतना, कम उमेरमानै विवाह हुनु, सम्पत्ति तथा अंश, श्रीमान् वैदेशिक रोजगारीमा जानु, घरेलु हिंसा सहन नसक्नुलगायतका कारणले सम्बन्ध विच्छेदका घटना बढेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्