भक्तपुरमा स्कुटर दुर्घटना, चालकको मृत्यु

काठमाडौं,मंसिर १६ । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको ज्यान गएको हो ।

सानोठिमीबाट काठमाडौंँतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँएको थियो ।

स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्