रुपन्देहीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । रुपन्देहीमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार लु १३ प १५४९ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा कपिलबस्तुको बुद्धभूमि –२ का ४० वर्षीय रमेश घिमिरेको ज्यान गएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा मंगलबार राति मेडिकल कलेज भैरहवामा ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्