पहाडी क्षेत्रमा आज पानी पर्न सक्ने
काठमाडौं । बुधवार दिउँसो पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना बढेको छ ।
मंगलवार जस्तै बुधबार पनि आकाश डम्म छ । मौसम विज्ञान विभागका अनुसार, पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना देखिन्छ ।
पहाडी क्षेत्रमा पानी परेपछि हिमाली क्षेत्रमा हिमपात समेत बढ्न सक्ने छ ।
काठमाडौंको अहिले बिहानको तापकक्रम १० डिग्री सेन्टिग्रेड छ । यही कारण केही चिसो महसुस भएको छ ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार, भोलिदेखि मुलुकभरकै आकाश खुल्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्