कोरोनाको असर : अधिकांश बाणिज्य बैंकको नाफा घट्यो, कुन बैंकको कति ?

काठमाडौं , कार्तिक २८ । कोरोनाको कारणले अधिकांश बाणिज्य बैंकहरुको नाफामा असर परेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका धेरै बाणिज्य बैंकहरुको नाफामा कोरोनाको असर देखिएको हो ।

करिब ७ महिला लामो लकडाउनको कारणले पुराना उद्योग सञ्चालन नहुनु र नयाँ उद्योग र व्यापार स्थापना हुन नसकेको कारणले बाणिज्य बैंकको नाफा घटेको हो ।वित्तीय विवरणमा केही बैंकको नाफामा सामान्य गिरावट आएको र केहीको नाफा बढेको देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेका केही बैंकबाहेक अरुको नाफा बढेकै देखिन्छ ।वाणिज्य बैंकहरुका सीईओको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल कोभिड महामारीले अर्थतन्त्रमा गहिरो प्रभाव पारेको बताउँछन् ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानी ३२ खर्ब ७६ अर्ब छ । यसको १५ प्रतिशत ९४ खर्ब ९१ अर्ब० सम्म खराब कर्जाको अनुपात पुग्ने अनुमान छ । करिब ५ खर्ब कर्जा जोखिममा पर्ने देखिएको छ

कुन बैंकको नाफा्घाटा कति ? 

राष्ट्रिय बाणिज्य बैंक

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले पहिलो त्रैमासमा ८२ करोड नाफा कमाएको छ । आवको सोही समयमा १ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको थियो । सो बैंकको वितरणयोग्य मुनाफा भने ४३ करोड रुपैयाँ छ ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले भने, पहिलो ३ महिनामा नाफा वृद्धि गरेको छ । बैंकको नाफा १ अर्ब २ करोड छ । बैंकले गत आवको सोही अवधीमा १ अर्ब मात्रै नाफा आर्जन गरेको थियो । यो बैंकको वितरणयोग्य नाफा ४ करोड रुपैयाँ मात्रै छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोेड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधीमा ३७ करोेड रुपैयाँ नाफा थियो । बैंकको वितरणयोग्य नाफा ६ करोड रुपैयाँ छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार १ अर्ब ५ करोड रुपैयाँ नाफा छ । अघिल्लो आवमा बैंकले ७५ करोड मात्र नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा २२ करोड रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक ३३ करोड नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ६९ करोड थियो । बैंकको वितरणयोग्य नाफा १३ करोड रुपैयाँ रहेको छ ।

कुमारी बैंक

कुमारी बैंकले पनि नाफा वृद्धि गरेको छ । सो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ६० करोड नाफा गरेको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ४० करोड रुपैयाँ मात्रै थियो । बैंकको वितरण योग्य नाफा भने २५ करोड छ ।

प्राइम बैंक

प्राइम बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ६५ करोड रुपैयाँ मात्रै थियो ।

सिटिजन्स बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले चालु आवको तीन महिनामा ५१ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ३४ करोड रुपैयाँ मात्रै थियो । वितरणयोग्य नाफा भने ९२ लाख रुपैयाँ मात्रै छ ।

नेपाल बैंक

नेपाल बैंकले चालु आवको पहिलो त्रैमास ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ५८ करोड थियो । बैंकको वितरण योग्य नाफा भने १९ करोड रुपैयाँ छ ।

प्रभु बैंक

प्रभु बैंकले चालु आवको पहिलो त्रैमासिक नाफा वृद्धि गरेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा ८५ करोड नाफा कमाएको छ । गत आव सो बैंकको सोही अवधीमा ६२ करोड नाफा आर्जन गरेको थियो । यसको वितरणयोग्य नाफा भने १७ करोड रुपैयाँ छ ।

मेगा बैंक

मेगा बैंकले चालु आवको तीन महिनामा नाफा वृद्धि गरेको छ । यो बैंकको नाफा बढेर ६० करोड पुगेको छ । गत आवको सोही अवधीमा बैंकले ४३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यसको वितरणयोग्य नाफा भने ५ करोड रुपैयाँ मात्रै छ ।

हिमालयन बैंक

हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधीमा बैंकको नाफा ६९ करोड रुपैयाँ थियो । हिमालयन बैंकको वितरणयोग्य नाफा जम्मा ६२ लाख रुपैयाँ मात्रै छ ।

 

कृषि विकास बैंक

कृषि विकास बैंकले पहिलो ४६ करोड १४ लाख नाफा कमाएको छ । उक्त नाफा चालू आर्थिक वर्षको त्रैमासमा कमाएको हो । गत आर्थिक वर्षको सोही समयमा बैंकले ५९ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा २२ लाख रुपैयाँ मात्रै छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार ५७ करोड ११ लाख नाफा छ । यो बैंकले गत आवको सोही समयमा जम्मा ४० करोड २५ लाख रुपैयाँ कमाएको थियो । नेपाल बंगलादेश बैंकको वितरणयोग्य मुनाफा ५ करोड ८९ लाख रुपैयाँ मात्रै छ ।

सनराइज बैंक

सनराइज बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक नाफामा कोरोनाले प्रभाव देखिएको छ । बैंकले चालु आवको पहिलो त्रैमासिकमा ३८ करोड रुपैयाँ मात्र नाफा गरेको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ४५ करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा २४ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

 

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार २० करोड नाफा गरेको छ । गत आवको सोही समयमा बैंकको नाफा ४३ करोड थियो । बैंकको वितरणयोग्य नाफा भने २ करोड रुपैयाँ मात्र रहेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले पहिलो ३ महिनामा ३१ करोड नाफा कमाएको छ । यो बैंकले गत आवको सोही अवधीमा ४० करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ३ करोड रुपैयाँ मात्रै छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । २०७६ असोज मसान्त सम्ममा ६४ करोड ४१ लाख नाफा कमाएको स्ट्याण्डर्ड चाटर्ड बैंकले यसपाली भने जम्मा ४० करोड १३ लाख रुपैयाँ मात्रै नाफा गरेको छ । यो बैंकको वितरणयोग्य नाफा ३८ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६२ करोड नाफा गरेको छ । सो बैंकले गत आवको सोही अवधीमा ८४ करोड रुपैयाँ थियो । वितरणयोग्य नाफा भने २० करोड रहेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ५० करोड नाफा कमाएको छ । यसअघि सोही समयमा बैंकको नाफा ५२ करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा भने ४८ करोड रुपैयाँले ऋणात्मक छ ।

एनएमबि बैंक

एनएमबि बैंकले कोरोना त्रासमा पनि नाफा वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७३ करोड नाफा कमाएको छ । अघिल्लो आवको सोही समयमा बैंकको नाफा २७ करोड मात्रै थियो । बैंकको वितरणयोग्य नाफा ५१ करोड रुपैयाँ छ ।

एनसीसी बैंक

एनसीसी बैंकले पहिलो ३ महिनामा ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो बैंकले गत आवको सोही अवधीमा ३४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । एनसीसीको वितरणयोग्य नाफा १२ करोड रुपैयाँ रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २२ करोड रुपैयाँ कमाएको छ । सो बैंकले गत आवको पहिलो त्रैमासमा ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । कोरोनाका कारण सेञ्चुरीको वितरणयोग्य नाफा ११ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्