छिमेक लघुवित्तले सेयरधनीको खातामा पठाउन थाल्यो नगद लाभांश
काठमाडौं,१ माघ । छिमेक लघुवित्त वित्तीय संस्थाले आजदेखि आफ्ना सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । पुस २९ गते साधारण सभा गरेको छिमेक लघुवित्तले भोलीपल्टदेखिनै लाभांश खातामा पठाउन लागेको हो ।
लघुवित्तको साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।
लघुवित्तले सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो । साथै, लघुवित्तले हालसम्म नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अद्यावधिक गर्न भनेको छ । अद्यावधिक गरेपछि लाभांश पाइनेछ समेत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्