सुनचाँदी दुबै धातुको मूल्य घट्यो

काठमाडौं,१ माघ । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले घटेर तोलाको १ हजार ८ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्