नेपाल लाइफ इन्सुरेन्सले बोलायो माघ २८ गते साधारण सभा

काठमाडौं,१ माघ । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा, होटल भिष्वा, बीरगंजमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ ९ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्