दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब २५ करोड माथिको कारोबार

काठमाडौं , कार्तिक २७ । पछिल्लो समय आम लगानीकर्ताका लागि मनोवैज्ञिानिक हिसाबले महत्वपूर्ण हुने विन्दुहरु नेप्सेले क्रमशः पार गर्दैअघि बढ्न थालेको छ । नेप्से सूचक तथा अन्य उपसूचकहरुले पनि धमाधम नयाँ उचाईहरु बनाइरहेका छन् ।

एक सातामा सेयर बजार ८२ अंकले सुधार भएको छ। यस साता पाँचै दिन सेयर बजार बढेको छ। साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । बुधबार २८ अंक भन्दा धेरैले बढेको नेप्से बिहीबार १० दशमलव ८२ अंकले बढेर १ हजार ७ सय १८ दशमलव ४९ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.२७ अंकले बढेको छ । योसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ४ अर्ब ९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब २५ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

दिनभर भएका ४९ हजार २ सय ७८ कारोबारबाट १ सय ९८ कम्पनीक १ करोड २३ लाख ३५ हजार ५ सय ५६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब २५ करोड ६४ लाख ७५ हजार ८ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक तथा कारोबार रकममा समेत वृद्धि देखिए पनि धेरै लगानीकर्ताहरुले गुमाएका छन् । नेप्सेमा कारोबार हुने बैंकिङ उपसमूह १०.२१ अंकले बढेको छ भने व्यापार १६४.७१ अंकले बढेको छ ।

यसका साथै निर्जिवन बिमा उपसमूह र म्चुअल फण्ड पनि बढेको छ भने अन्य सबै उपसमूह घटेको छ ।यता प्राविधिक विश्लेषकले सोचेभन्दा धेरै माथि पुगेको यस साता कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेको समाचारले बजार बढेको हो। कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेको समाचारले विश्वमै सेयर बजार सुधार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्