लागुऔषधसहित तीनजना पक्राउ
काठमाडौं, कार्तिक २५। तनहुँको शुक्लागण्डकी नगरपालिका ४ बाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका ४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका ५ का ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका २ बस्ने रवि गुरुङ छन् ।
उनीहरुको साथबाट एक सय चार थान डाइजेपाम, ८९ थान नुफिन र ९३ थान फेनारगन गरी दुई सय ८६ थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उपर लागुऔषध मुद्दा दर्ता गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्