ललितपुरबाट रेडपान्डाको छालासहित ६ जना पक्राउ

काठमाडौं, कार्तिक २३ । ललितपुरबाट रेडपान्डाको छालासहित ६ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले ललितपुरको इमाडोलबाट रेड पान्डाको छालासहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४३ वर्षीय सुनिल गोले, २४ वर्षीय प्रकाश तामाङ, भोजपुरका ४१ वर्षीय सनकुमार राई, खोटाङका १८ वर्षीय सोनाम राई, ताप्लेजुङका ३४ वर्षीय दीपक लिम्बु र सिन्धुलीका २४ वर्षीय अम्बर बहादुर तामाङ रहेका छन्।

महालक्ष्मी नगरपालिका–४ स्थित दीपक लिम्बुको कोठाबाट अन्दाजी तीन फिट तीन इन्च लम्बाइ र एक फिट चौडाइ भएको दुर्लभ रेडपान्डाको छालासहित उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

पक्राउ पर्नेहरुलाई जिल्ला वन कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्