७५ हजार घूससहित इन्जिनियर र होटल सञ्चालक पक्राउ

काठमडौं, कार्तिक २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरका इन्जिनियर पर्वत पौडेल र बेलकोटगढी नगरपालिका–९ तिगाउँका घर भइ विदुर नगरपालिका–२ बट्टारमा होटल सञ्चालन गर्दै आएका नारायण भट्ट छन् ।

विदुर नगरपालिका–२ स्थित सागर मिठाई पसलमा चिया पिउँदै रकमको काराबार गर्न लाग्दा आयोगबाट खटिएका टोलीले शनिबार बिहान पक्राउ गरेको हो । बेलकोटगढी नगरपालिका–८ मा भूकम्प पीडितको लाभग्राही सूचीमा पार्नका लागि इन्जिनियर पौडेलले लाभग्राहीबाट रकम माग गरेका थिए । लाभग्राही सूचीमा पार्नका लागि होटल सञ्चालक भट्टमार्फत रकम लिन भनेका थिए ।

शनिबार बिहान होटल व्यवसायीले ५० र २५ हजारको दुई बन्डल सागर मिठाई पसलमा चिया पिउने क्रममा दिन लाग्दा आयोगका टोलीले रंगेहात पक्राउ परेको छ ।

यसअघि सोही नगरपालिकामा कार्यरत सबइन्जिनियर तथा निजामती कर्मचारी संगठन नुवाकोटका अध्यक्ष रहेका बद्री भण्डारी पक्राउ परेका थिए । त्यसैगरी जिल्ला वन कार्यालयकाट डिएफओ जयमंगल प्रसाद सूर्यगढीगाउपालिका–५ स्थित तादी लाइम स्टोनका लागि सहमति दिन झुलाएको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्