३ लाख ३२ हजार रकमसहित ३ जुवाडे पक्राउ
काठमाडौं , कात्तिक १५ । जुवा खेलिरहेको अवस्थामा महोत्तरीबाट तीनजना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवा नगरपालिका-७ का विनोदकुमार साह, सरोजकुमार साह र सन्तोषकुमार साह रहेका छन् ।
जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरिएको हो ।पक्राउ परेका तीनैजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीको मनरासिसवा नगरपालिका ६ बाँसघारीबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । अन्य दुईजना भने फरार भएको उनले बताए ।















प्रतिक्रिया दिनुहोस्