१ लाख ३३ हजारसहित १० जुवाडे पक्राउ

काठमाडौं, कार्तिक १४ । १ लाख ३३ हजारसहित १० जुवाडे पक्राउ परेका छन् । प्रहरीले चन्द्रागिरि नगरपालिका ४ बाट १० जुवाडे पक्राउ गरेको हो । ४६ वर्षीय धनसिंह गोपालीको घरबाट जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्