बझाङमा जीपको ठक्करबाट बालकको मृत्यु

काठमाडौं । बझाङमा जीपको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

सुर्मा गाउँपालिका २ को दौलिचउरमा से १ ज ९०९ नम्बरको जीपको ठक्करबाट स्थानीय ११ वर्षका किरण बोहराको ज्यान गएको प्रहरीले जनाएको छ ।

जीप पार्किङ गर्न लागेको बेलामा पछाडिको चक्काले ठक्कर दिएपछि उपचारको लागि जिल्ला अस्पताल लाने क्रममा बाटोमा नै ज्यान गएको हो । जीप र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्