ग्वार्कोमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा ओखलढुंगाका प्रेमबहादुर कार्कीको ज्यान गएको छ ।

गए राति बा २९ प ३९९५ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक प्रेमबहादुरको उपचारको क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका भोजपुरका गणेश तिवारीको भने उपचार भैरहेको छ । कार्कीले जाँड खाएर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्