जारको पानीको मूल्य पहिलेकै कायम गर्न व्यवसायी तयार

काठमाडौं , असोज २७ । जारको पानीको मूल्य पहिलेकै कायम गर्न व्यवसायी तयार भएका छन् । नेपाल बोटलर्स वाटर एसोसिएसनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग पुरानै मूल्यमा बेच्‍ने लिखित सहमति नै गरेको छ ।

पानीको मूल्य बढाउने निर्णय फिर्ता नलिए पक्राउ गर्ने विभागको चेतावनीपछि पुरानै मूल्य कायम गर्न लिखित प्रतिबद्धता जनाएको विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

उपभोक्ता एवं खुद्रा विक्रेताबाट जारको पानीको मूल्य बढाइएको भन्‍ने गुनासो आएपछि तत्काल पुरानै मूल्य कायम गराउन विभागले निर्देशन दिएको नभए कारबाहीको चेतावनी पनि उक्त लिखित प्रतिबद्धता व्यवसायीले गरेको आचार्यले बताए ।

उनले व्यवसायीले गरेको प्रतिबद्धता कार्यान्वयनमा लगेको वा नलगेको बजार अनुगमन पनि गर्ने र बढी मूल्यमा बेचेको पत्ता लागे कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।संघले विभागसँग सम्झौताअनुरुप सार्वजनिक सूचना प्रकाशित गर्ने र पुरानै मूल्यमा जारको पानी बेच्‍न लगाउने सहमति पनि गरेको छ ।

संघले वाणिज्य विभागसँगको सहमति रहेको भन्दै केही दिनअघिदेखि नेपाल जारको पिउने पानीको मूल्य बढाएको थियो । बजारमा २५ रुपैयाँ प्रतिजारदेखि ४० रुपैयाँमा बिक्री भइरहेको पानीको अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ तोकिएपछि उपभोक्ता मारमा परेका थिए ।

अब भनेजारको प्रशोधित पिउने पानीको पुरानै मूल्य कायम गराउन व्यवसायी सहमत भएसंगै यस्तो गर्न पाइने छैन्।

प्रतिक्रिया दिनुहोस्