बाँकेमा यात्रुवाहक बस पल्टिँदा ६ जना गम्भीर: पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नेपालगञ्ज । बाँकेमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् ।

बाँकेको बैजापुरबाट नेपालगञ्ज आउँदै गरेको ना ३ ख ९७५९ नम्बरको यात्रुवाहक बस पूर्व पश्चिम राजमार्गको अभैयादेखि ३ किमि पश्चिममा पल्टिँदा ६ जना गम्भीर घाइते भएका हुन् ।

बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।

इलाका प्रहरी कार्यालय कोहलपुरले बस दुर्घटनाको पुष्टि गरे पनि विस्तृत विवरण भने आइनसकेको जनाएको छ । दुर्घटना स्थलमा सञ्चार सम्पर्क स्थापित हुन नसकेकाले घटनाको विस्तृत विवरण लिन अप्ठ्यारो परेको प्रहरी भनाइ छ ।

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

अनियन्त्रित भर्इ सडकमा बस पल्टेकाले पूर्व–पश्चिम राजमार्ग अहिले अवरुद्ध बन्न पुगेको छ । सडकमा पल्टेको बसका दुवैतर्फ लामो जाम लागेको छ ।

इलाका प्रहरी कार्यालय केवलपुरका अनुसार, अहिले प्रहरी र स्थानीयको सहयोगमा उद्धार र अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्