जुम्ला –डोल्पा सडक खण्डमा पुल नबन्दा सास्ती

काठमाडौं । जुम्ला –डोल्पा सडक खण्डमा पुल नबन्दा त्यहाका स्थानीयले सास्ती खेप्नु परेको छ । जुम्ला–डोल्पा सडक खण्डअन्तर्गत तिला नदी र जवा नदीमाथि बन्न लागेको ८४ मिटर पक्की पुल सम्झौता सकिँदा पनि बनेको छैन ।

गत असारमै बनाइसक्नुपर्ने पुल निर्माण अझै अधुरो छ । चार करोडको लागतमा २०६७ सालबाट थालिएको पुलको काम अझै नसकाइएको हो ।

पुल नबन्दा जुम्लाको गोठीचौर गाउँपालिका र डोल्पाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्नसमेत कठीन भएको छ ।

राज्यले कर्णालीलाई शदीयौंदेखि सौतेनी व्यवहार गर्दै आएको स्थानीय गुनासो गर्छन् ।

डोल्पाबासीले कहिले गाडी देख्न पाउने हो जवाफ दिन उनीहरु सरकारसँग आग्रह गर्दछन् ।

सात वर्ष हुँदा पनि पुल सम्पन्न नगरेकामा स्थानीय रुष्ट बनेको लालभक्त बोहोरा बताउँछन् ।

स्थानीय जग्गाधनीले काममा अवरोध गरेपछि कामले गति लिन नसकेको ठेकेदार तारासिंह कठायतको तर्क छ ।

एक हप्ताको पैदल यात्रा गरेर डोल्पाबासी जुम्लामा खाद्य वस्तुलगायत दैनिक उपभोग्य सामान जोहो गर्न जुम्ला आउनु पर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्