भक्तपुरमा बसभित्रै सामूहिक बलात्कार, दुईजना पक्राउ
काठमाडौं , असोज १८ । भक्तपुरमा १७ वर्षीया किशोरी बसमै सामूहिक बलात्कारबाट सिकार भएकी छन् । भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् ।
रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख.२६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी राजेश थापाले बताए । बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन् । बलात्कारमा संलग्न अर्का एकजना आरोपी फरार छन् । घटनास्थलको रुपमा प्रयोग भएको बस नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए ।
‘लठ्याउने औषधी खुवाएर’ आफुमाथि बलात्कार गरिएको किशोरीले प्रहरीसँग बताएकी छिन् । शनिवार साँझ ४ देखि ५ बजेसम्म बलात्कारको शिकार भएकी किशोरी त्यहँबाट फुत्केर प्रहरीकहाँ पुगेकी थिईन् । बलात्कारमा संलग्न आरोपी सो गाडीका स्टाफ हुन् ।
आरोपीहरुले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए ।पछिल्लो समय किशोरीहरु बल्ताकारको शिकारमा पर्ने क्रम बढेको छ ।















प्रतिक्रिया दिनुहोस्