दाङबाट झण्डै १ लाखसहित १३ जुवाडे पक्राउ
काठमाडौं, असोज ११ । दाडको तुलसीपुरमा झन्डै १ लाख नगदसहित १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँका २८ वर्षीय रोशन बुढाथोकी,४३ वर्षीय भरत बिक, २८ वर्षीय हेमन्त शाही, २८ वर्षीय सुशील वली, ४२ वर्षीय कुमार सुनार, ३३ वर्षीय ओमबहादुर बुढामगर, वडा नम्वर ७ बस्ने ३६ वर्षीय प्रेमबहादुर सुनार, वडा नम्वर ८ बस्ने ३९ वर्षीय टंकबहादुर सुनार, घोराही उपमहानगरपालिका १३ बस्ने ३३ वर्षीय मालबहादुर वली, सोही उपमहानगरपालिका वडा नम्वर १० बस्ने २८ वर्षीय केशव डांगी ,वडा नम्वर ११ बस्ने २६ वर्षीय अर्जुन पुन, बाँके कोहलपुर नगरपालिका १० बस्ने ६० वर्षीय धर्मराज बुढाथोकी र सोही नगरपालिका ८ बस्ने ४० वर्षीय दिपक वली रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी शिवबहादुर सिंहकाअनुसार तुलसीपुर ६ स्थित भुयारथान बस्ने कुमार सुनारको घरबाट उनीहरुलाई नगद ९८ हजार ९ सय ५० रुपैया सहित पक्राउ गरिएको हो ।उनीहरुलाई विशेष सूचनाको आधारमा प्रकाउ गरिएको हो ।
उनीहरुको साथबाट नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको ३ गड्डी तास बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्