झापामा ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं । झापामा ट्र्याक्टरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । झापाको हल्दीबारी–३ देउनिया पुल नजिकै ट्र्याक्टरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हल्दीबारी–३, जलथलका ४७ वर्षीय भीमबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पृथ्वीनगरबाट हल्दीबारीतर्फ आउँदै गरेको मे १ त ६१७४ नंको ट्र्याक्टरले गिरीलाई बुधबार बेलुका ठक्कर दिएको थियो।

ठक्करबाट गिरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्