१ लाख ३६ हजार रुपैयाँसहित ५ जुवाडे पक्राउ

काठमाडौं, भदौ ११ । कास्कीमा एक लाख ३६ हजार १७० रुपैयाँसहित पाँच जुवाडे पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका १४ कदम मार्ग डेरा गरी बस्‍ने देवीलाल तिमिल्सिनाको कोठामा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका १३, मियापाटन बस्‍ने ४२ वर्षीय जीवन नेपालीलगायत पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा एक लाख ३६ हजार १ सय ७० रुपैयाँ नगद र ताससहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्