रोटरी क्लबद्वारा कोरोना विरुद्धको सुरक्षा सामग्री प्रदान

काठमाडौं, भदौ १० । कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरी तथा समाजको लागि कार्यक्षेत्रमा खटनेलाई रोटरी क्लबले स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

महामारीको समयमा फिल्डमा समाजको लागि कार्यक्षेत्रमा खटने, का.म.पा. १३ वडामा कार्यरत कान्तिपुर सरसफाइ , बाताबरण सुधार, सिसडोल सरसफाइका सफाई कर्मचारीहरु र महानगरीय ट्राफिक प्रहरी कालिमाटीका प्रहरी कर्मचारीहरुको लागिFace shield ,, मास्क, सेनिटाइजर लगायतका कोरोना विरुद्धको सुरक्षा सामग्री प्रदान गरिएको छ ।

आज एक कार्यक्रमकाबीच रोटरी क्लब काठमाडौं वेस्टका अध्यक्ष मोहन ध्वज जोशी र नमो हारति सहकारीका अध्यक्ष सरोज श्रेष्ठले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सो अबसरमा मोहन ध्वज जोशीले जोखिमपुर्ण कार्यमा खटनेहरुका लागि सानो सहयोग गरिएको र भबिस्यमा गरिरहने समेत बताएका थिए ।

बिषम परिस्थितिमा ट्राफिक प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्न महत्वपूर्ण भूमिका खेल्नुका साथै थप हौसला मिल्ने उनले बताए

प्रतिक्रिया दिनुहोस्