काठमाडौं उपत्यकामा भूकम्पको धक्का, कालीमाटी केन्द्रबिन्दु

काठमाडौं , भदौ १० । बुधबार काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश भएको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ ।

यसअघि मंगलबार बझाङ केन्द्रबिन्दु भएर ४.७ रिक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्