एनआरएन इन्फ्रास्टक्चरको आइपीओ मंगलबार बाँडफाँट हुँदै

काठमाडौं, २६ साउन । एनआरएन इन्फ्रास्टक्चरको आइपीओको बाँडफाँट गर्ने तयारी गरेको छ । सबै तयारी पूरा भई सकेकोले धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त भएमा मंगलबार बाँडफाँट गरिनेछ । यदि त्यसो हुन नसके बुधबार बाँडफाँट हुनेछ । बिक्री प्रबन्धक सानिमा क्यापिटलकी मर्चेन्ट बैंकिङ प्रमुख रष्मि रिजालले बाँडफाँट बारे जानकारी दिएकी छन् । यस आइपीओको प्रीअलोटमेन्ट कार्य सम्पन्न भइसकेको छ ।

एनआरएनको आइपीओमा कुल १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँको आवेदन परेको छ । ४ लाख २८ हजार १५३ जनाले १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ३१ लाख ६० हजार १८३ कित्तालाई आधार मान्दा करिब ५।२४ गुणा बढी आवेदन हो ।

यसमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँट गर्दा ३ लाख १६ हजार १८ जनाले १० कित्ताका दरले सेयर हात पर्ने छ । बाँकी १ लाख १२ हजार भन्दा धेरै जनाकोे हात खाली हुनेछ । कम्पनीले साउन १६ गतेबाट २१ गतेसम्म १००/– रुपैयाँ अंकित मूल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५५ अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि यसैगरी, २५ अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यसबाट बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो ।

यसमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो । जलविद्युत क्षेत्रमा लगानी बृद्धि गर्ने उद्देश्य स्थापना गरेको कम्पनीले जनाएको छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्