रौतहटको राजपुरमा गोली चल्यो

काठमाडौं । रौतहटको राजपुर नगरपालिकाको बैरियामा सोमबार बिहान गोली लागेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा बैरिया–९ का ३५ वर्षीय शेष सैफुल्लाह छन् । उनको कम्मरमुनिको दाहिने भागमा एउटा गोली लागेको प्रहरीले जनाएको छ ।

गाइभैंसी व्यापारी रहेका सैफुल्लाहलाई उनकै साथी मगनी भन्ने अब्दुल खालिदले बिहान भगवानपुर घाटतिर घुम्न जाउ भनेर बोलाएको र सो स्थानमा पुग्दा गोली हानेर भागेको उनले बताएका छन् ।

‘भगवानपुर घाटतिर लिएर गयो, अनि मगनीले नै गोली हानेर भाग्यो’, गौर अस्पतालमा उपचारका क्रममा रहेका सैफुल्लाहले भने, ‘हामी दुवै जना व्यापारी हौं । गोली किन हान्यो थाहा भएन ।’
जिल्ला अस्पताल गौरमा गोली निकाल्न सम्भव नभएपछि उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ

प्रतिक्रिया दिनुहोस्