प्रुडेन्सियल इन्स्योरन्सको शेयर साउन १२ देखि लिलाम बिक्रिमा (सूचना सहित)
काठमाडौं, ९ साउन । प्रुडेन्सियल इन्स्योरेन्स इन्स्योरन्सको कम्पनी लिमिटेडले साउन १२ गतेदेखि सर्व साधारण तर्फ ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलाम बक्रिका लागि राखिएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको शेयर ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलाम गर्न लागेको हो ।
कम्पनीले फागुन १८ गतेदेखि १० कित्ता शेयर बराबर नयाँ ६ कित्ता शेयरको अनुपातमा प्रति साधारण शेयर १०० अंकित दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जस मध्ये रित पुर्वक आवेदन दिने ३२ सय ९५ जना आवेदकलाई ३७ लाख ९४ हजार ४ सय ८९ कित्ता शेयर साउन ३१ गते बाँडफांड गरिएको कम्पनीले जनाएको छ । बाँकी शेयर कम्पनीले लिलाम गर्ने भएको हो ।
शेयर लिलामको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्तले साउन १९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
सूचना सहित:
प्रतिक्रिया दिनुहोस्