मट्टितेल छर्केर आफ्नै श्रीमतीलाई आगो लगाइयो, लगाउने गिरफ्तार

काठमाडौं , साउन ८ । एक जनाले श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाएका छन् । आगो लगाउने सप्तरी सुरुङ्गा नगरपालिका–३ बस्ने दिपेन सदालाई प्रहरीले पक्राउ पनि गरिसकेको छ । दिपेनले २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाई घाईते बनाएका थिए ।

प्रहरी चौकी लक्ष्मीपुर र ईप्रका भेडियाबाट खटिएको टोलीले बुधवार २९ वर्षीय सदालाई पक्रेको हो । घाईतेको धारान स्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।

महिलामाथि यस्ता घटना बारम्बार हुने गरेका छन् । महिलाहरुले विभिन्न घटना सहेर बस्ने गरेका छन् । यसरी दिनानुदिन घटना घट्नुको साटो बढिरहेको हामी देख्न र सुन्न पाउँछौं ।

प्रतिक्रिया दिनुहोस्