प्रदेश ६ को पहिलो बैठक माघ २१ गते

काठमाडौं । प्रदेश ६ को पहिलो बैठक माघ २१ गतेका लागि बोलाइएको छ ।

प्रदेशसभा कार्यालयका सचिव भरतबहादुर ढुंगानाले २१ गते दिउँसो १ बजेका लागि ६ नम्बर प्रदेशको पहिलो अधिवेशन आह्वान गरिएको जानकारी दिए ।
यसअघि आइतबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश अधिवेशनको मिति तय गर्न सर्वदलीय बैठक बसेको थियो । सर्वदलीय छलफलपछि २१ गतेका लागि अधिवेशन आह्वान भएको हो ।

सुर्खेतस्थित सिँचाई डिभिजनको सभाहलमा अधिवेशन हुनेछ । शैक्षिक तालिम केन्द्र तयार भइनसकेकाले तत्काल अस्थायी रुपमा सिँचाइ विकास डिभिजनको सभाहलमा अधिवेशन हुन लागेको जानकारी प्रदेश प्रमुख दुर्गाकेशर खनालले दिए ।

प्रतिक्रिया दिनुहोस्