प्रुडेन्सियल इन्स्योरेन्सले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै
काठमाडौं ५ साउन । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले गत फागुन १८ गतेदेखि असार १९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेको बाँकी रहेको शेयर बिक्री गर्न लागेको हो ।
इन्स्योरेन्सको अवितरित हकप्रद शेयर लिलाम प्रक्रियामार्फत बिक्री गर्न लागिएको यस शेयरमा साउन १२ गतेदेखि १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्। ।
न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको उक्त शेयर लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा अधिकतम सबै कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। ।
इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा एनएमबि बैंकका शाखाहरुबाट आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्