खैरो हेरोइनसहित दुईजना पक्राउ

कैलाली, असार २७ । कैलालीमा लागुऔषधसहित शनिबार दुईजना पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका वडा नम्बर–१ को व्यवसाय क्षेत्रका २८ वर्षीय छत्रबहादुर साउद र टीकापुर नगरपालिका–६, नारायणपुरका ३६ वर्षीय मुकेश रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले तीन ग्राम ७०० मिलिग्राम खैरो हेरोइनसहित दुवैजनालाई पक्राउ गरिएको जानकारी दिए ।

साउदको घरमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्