अवैध लागूऔषधसहित सप्तरीका दुई जना पक्राउ

काठमाडौँ । । सप्तरीको बोदे बरसाइन नगरपालिका –१० बस्ने २४ वर्षीय महेश चौधरी र २४ वर्षीय सुरेश यादवलाई प्रहरीले अवैध लागूऔषधसहित पक्राउ गरेको छ ।

उनीहरुको साथबाट डाइजेल्याप–५ एम्पुल, लुपिजेसिक–५ एम्पुल, फेनारगन–५ एम्पुल, नाइट्रोजन ट्याब्लेट १ सय ३० थान र गाँजा २ सय ग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सिरहाको लहान नगरपालिका–३, स्थित ठाडीचोकमा खटिएको प्रहरी टोलीले शनिबार उनीहरु सवार बा २१ प ६७२६ नम्बरको मोटरसाइकल चेक गर्दा उनीहरुको साथबाट .उक्त लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्