अजोड इन्सुरेन्स र साधना लघुवित्तले आइपीओ ल्याउँदै

काठमाडौं, १६ असार । अजोड इन्सुरेन्सले सर्वसाधारणको लागि ३० करोड रुपैयाँको आइपीओ ल्याउने भएको छ । सो आइपीओ असार २५ गतेबाट बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ३० लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । अजोडले जारी गर्न लागेको कुल ३० लाख कित्ता आइपीओमध्ये ४५ अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५५ अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् । ।

यस इन्सुरेन्सको आइपीओमा छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन पाइनेछ । यस इन्सुरेन्सको आइपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

अजोडको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ । हाल अजोडको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
त्यस्तै साधना लघुवित्त वित्तिय संस्थाले यहि असार २१ गतेदेखि आइपीओ खुलाउँदैछ । संस्थाले ६ लाखा ६१ बहजार ५ सय बीस कित्ता सेयर बिक्रिका लागि राखिएको हो । यस कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्