यस कारणले आज देशभरी नै चिसो बढ्यो

काठमाडौं । आइतबार देशभरी नै चिसो बढेको छ ।  राति आकाश खुलेकाले देशभरी न्यूनतम तापक्रम घटेर गएको दुई दिनको भन्दा भन्दा चिसो भएको मौसमविद् मिनकुमार अर्यालले बताए ।

उनका अनुसार काठमाडौंको आइतबारको बिहानको तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ ।

शनिबार बिहान ३ दशमलव ६ डिग्री मापन गरिएको काठमाडौंको बिहानको तापक्रम घटेको हो । तर अब चिसो बढ्ने संभावना कम भएको उनको भनाई छ । आज धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् अर्यालले जानकारी दिए।

उनका अनुसार आज पहाडी क्षेत्रको मौसम आशिंक बदली भए पनि पानी पर्ने संभावना छैन । तराईमा अहिले लागेको हुस्सु पनि दिउँसोपछि हट्ने उहाँको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्