एनआईसी एशिया लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं, १४ असार । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज ( असार १४ गते आइतबार अन्तिम हुँदैछ ।
लघुवित्तले बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । कुल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको हो । आज बैकिङ्ग समय पश्चात लघुवित्तको शेयर बिक्री बन्द हुनेछ ।
लघुवित्तले जारी गरेको आइपीओमा सर्वसाधारणले कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन दिन सक्नेछन्।
लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछन् । साथै, मेरो शेयर प्रयोगकर्ताले मेरो शेयरमार्फत पनि आवेदन गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्