बैतडीका तीन पालिका ‘सिल’, संक्रमितको संख्या दिनदिनै बढ्दै

काठमाडौं, असार १० । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि बैतडीका स्थानीय तहहरुले आफ्नो क्षेत्रलाई सिल गर्न थालेका छन् ।

संक्रमणको जोखिम कम गर्न भन्दै दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र सिगास गाउँपालिकालाई सिल गरिएको हो ।

अत्यावश्यक कामबाहेक सवारी साधन सञ्चालन हुन नदिने, पूर्ण रुपमा बजार बन्द गर्ने, भीडभाड हुन नदिने, बैंक तथा बित्तीय संस्थाहरुलाई हप्तामा तीनदिन मात्रै सञ्चालनमा ल्याउने गरेर सिल गरिएको हो ।

बैतडीमा अहिले सम्म १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका बाहेक सबै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्