सिराहामा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं , जेठ२३ । सिराहामा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका(१० श्यामपुर बस्ने ७६ वर्षीय नरमान राई रहेका छन् ।

घरदेखि करिब २ किलोमिटर टाढा रहेको आँपको बगैचा हेर्न जाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्