लकडाउनमा आत्महत्या घटना बढे, एकै दिन २ महिलाद्वारा आत्महत्या

काठमाडौं, जेठ १८ । सप्तरीमा एकै दिन दुई महिलाले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको कंचनरुप नगरपालिका ७ बस्ने ३५ वर्षिया रम्भादेवी रामले शनिबार राती आफ्नै घरमा शलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनी विवाहित महिला हुन् । घटना बारे थाहा पाउनासाथ प्रहरी टोली गई अनुसन्धान सुरु गरेको डिएसपी तिलक भारतीले जानकारी दिए ।

यसैगरि महदेवा गाउँपालिका ४ डाढा टोल बस्ने १४ वर्षिया किशोरी सन्तोषि मण्डलले पनि शनिबारै राती आफ्नो घरको कोठामा सलको पासो लगाई पंखामा झुण्डिएर आत्महत्या गरेको उनले जानकारी दिए । घटनाको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको डिएसपी भारतीले बताए ।

मृतक दुबैको शव आइतबार पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याई घटना बारे गहिरो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्