पाल्पामा जिप दुर्घटना हुदा एक जनाको मृत्यु

काठमाडौं ।पाल्पामा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जिप दुर्घटना हुँदा हेक्लाङ्गका ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका रानाको उपचारका लागि तानसेन ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

जिप सडकदेखि करिब २० मिटर तल खसेको थियो । जिपमा दुईजना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्