आइसोलेसनमा रहेकी गर्भवतीको मृत्यु, स्वाब परीक्षणको तयारी

काठमाडौं , जेठ १३ । होम आइसोलेसनमा रहेकी सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २४ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ । सोमबार राति देखि नै गर्भवती महिलालाई धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

ती महिलालाई १० दिन अगाडि नै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि गत जेठ ८ गते राजविरा स्थित डा। विनिता यादवको क्लिनकमा उपचारका लागि ल्याइएको थियो । उनलाई पिसाबको संक्रमण ९यूटीआई० भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम आइसोलेसनमा रहन सल्लाह दिएका थिए । २ सन्तानकी आमा ती महिला तेस्रो पटक गर्भवती भएकी थिइन् ।

कोरोना संक्रमणको लक्षणसित मिल्ने लक्षण देखिएकोले उनको स्वाब लिने तयारी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्