नारायणी अस्पतालबाट नौजना कोरोना संक्रमित ‘डिस्चार्ज’ भए

काठमाडा, जेठ १० । वीरगन्जस्थित नारायणी अस्पतालको ‘आइसोलेसन’मा उपचाररत्मध्ये नौजना शनिबार ‘डिस्चार्ज’ भएका छन् ।

कोरोना परीक्षणको पछिल्ला ‘रिपोर्ट नेगेटिभ’ आएपछि नौजनालाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका डा। मदन उपाध्यायले जानकारी दिएका छन् ।डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका तीनरतीनजना, बाराका दुईजना र एकजना भारतीय नागरिक छन् ।

नौजना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत् कोरोना संक्रमितको संख्या ६२ रहेको छ ।

शुक्रबारमात्र २१ जना कोरोना संक्रमित अस्पतालबाट निको भएर डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्