प्युठानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्युठानको गौमुखी गाउँपालिका ७ हरिखोलामा गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थल मै मृत्यु भएको हो।
मृत्यु हुनेमा गौमुखी गाउँपालिका ७ कै नारीकोटका २१ वर्षीय निर्मल बोहोरा रहेका छन् ।
गएराती साढे ९ बजे लु ३ त ४१ ११ नम्बरको इट्टा लोड गरेको ट्याक्टर सडकबाट करिब १० मीटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्