प्रिमियर इन्स्योरेन्सको एफपिओ माघ १८ गते बाँडफाँट

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको एफपीओ माघ १८ गते बाँडफाँट हुने विक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ ।

प्रिमियरले पुस १६ देखि छिटोमा पुस १९ र ढिलोमा माघ १५ सम्मका लागि ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ विक्री खुला गरेको थियो । पुस १९ गतेसम्म विक्री खुला रहेको प्रिमियरको एफपीओमा तोकिएको भन्दा बढी आवेदन परेको थियो । प्रिमियरको एफपीओमा १ लाख ८३ हजार ८ सय ४६ जना आवेदकबाट रू. ३ अर्ब २२ करोड ५८ लाख ७१ हजार बराबरको आवेदन परेको थियो ।

आवेदकको सङ्ख्या बढी भएकाले गोलप्रथाबाटै एफपीओ बाँडफाँट हुने छ । गोलप्रथाद्वारा एफपीओ बाँडफाँट गर्दा अहिलेको नियममा ६५ हजार ९ सय ५६ जना लगानीकर्ताको हातमा १० कित्ता शेयर पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्