पुग्यो सशस्त्र प्रहरीको टोली दार्चुलाको छाङरु

काठमाडौं , बैशाख ३१ । सशस्त्र प्रहरीको टोली दार्चुलाको छाङरु पुगेको छ । २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीसहितको टोली छाङरु पुगेको हो । दार्चुला सुदरमुकाम खलंगाबाट २ चरणमा गरि टोली व्यास गाउँपालिका–१ छाङरुमा पुगेको हो ।

दार्चुलाको लिपुलेक–कालापानी क्षेत्रलाई केन्द्रित गरेर छाङरुमा बस्ने गरी सशस्त्र प्रहरीको विओपी राख्ने सरकारले निर्णय गरेको थियो । तत्काल सशस्त्रको टोली भाडाको घर र टेन्टमा बस्नेछ । छाङरुबाट लिपुलेक १५ देखि २० र कालापानी १२ किलोमिटरको दूरीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्